×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

दुर्गम गाउँमा सडक पु¥याउन कहालीलाग्दो भीर फुटाइँदै

१३ मंसिर २०७७

म्याग्दी: म्याग्दीको दुर्गम गाउँमा सडक पु¥याउन कहालीलाग्दो भीर फुटाएर ट्रयाक खोल्न थालिएको छ । रघुगङ्गा गाउँपालिकाका वडाहरु वडा नं. ४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमङ्गलेका बस्तीहरुलाई सडक सञ्जालसँग जोडन डरलाग्दो अजिङ्गर भीर फुटाउन थालिएको हो ।

निकै कठिन र जोखिमयुक्त रहेको भिरमा यतिखेर सडक निर्माणको काम भइरहेको छ । यो गाउँपालिका केन्द्र हुँदै सदरमुकाम बेनी जोड्ने छोटो दूरीकाे सडक हो । अजिङ्गर भीरमा सडकको ट्रयाक खुलेपछि दुर्गम भेगका सर्वसाधारणको मोटर चढ्ने चाहना पूरा हुनेछ ।

Advertisement
Advertisement

अजिङ्गर भीरमा ट्रयाक खोलेर सडक बनाउन नसक्दा दुर्गम ती गाउँका स्थानीयहरुको मोटर चढ्ने सपना अधुरो थियो । रघुगङ्गा गाउँपालिका–४ को दग्नामसम्म पुगेको सडकलाई कुइनेमङ्गलेसम्म पु¥याउन अजिङ्गर भीर अवरोध बनेको थियो । अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँमा सडक पु¥याउन ठूलै चुनौती थियो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना सुरु भएको पाँच वर्ष भयो । अजिङ्गर भीर फुटाउन बजेट अभावका कारण समयमै सडक पु¥याउन नसकिएको स्थानीय सरकार बताउँदै आएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गौरवको आयोजना छनौट गरी प्राथमिकताका साथ बजेट विनियोजन भएपछि सडक निर्माणले तीव्रता पाएको हो ।

दुर्गमका बस्तीहरुमा सडक पु¥याउन गाउँपालिकाले गौरवको आयोजना छनौट गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार चिमखोलामा निर्माणाधीन तुङ्दी जलविद्युत् आयोजना, सङघीय र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिर फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको हो ।

‘अजिङ्गर भीरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘जलविद्युत् आयोजनासँग ट्रयाक निर्माणका लागि बराबरी लगानी गर्ने सम्झौता भएको छ ।’ अजिङ्गर भिरमा ट्रयाक खुलेसँगै दुर्गम भेगका सर्वसाधारणहरु लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भीर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्रयाक खुलिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । माघ महिनाभित्र अजिङ्गर भीरमा ट्रयाक खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । कडा भीरमा विस्फोटक पदार्थ प्रयोग गरेर सडक खन्ने काम भएको उहाँले बताउनुभयो ।

Advertisement

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा  ठाकुरप्रसाद आचार्यले लेखेका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top