×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय

१३ मंसिर २०७७

१३ मंसिर, इलाम ।

पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ ।

Advertisement

यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ । एक वर्ष अघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ । बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली (चियादानी)बाट पहेलो रङको कपमा चिया हालिराखेकोछ । बजार क्षेत्रमा बनाइएको स्टा्याचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको भनाइ छ ।

जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूनपामा श्रमिक, उद्योगी र किसानका लागि चिया नियमावलीसमेत निर्माण गरिएको छ । नगरले चिया सचिवालयसमेत गठन गरेको छ । यसले गर्दा पनि नगरपालिकामा आएको चियाका समस्या हल गर्न सहज भएको नगरप्रमुख राईको भनाइ छ । आउँदा दिनमा पनि चियाको प्रोत्साहनका लागि दृश्य सामग्री बनाउने काम बढाइने उनको भनाइ छ ।

यस्तै, इलाम नगरपालिकाले पनि चिया क्षेत्रको प्रोत्साहनका लागि इलाम बजार(चोक बजार)मा चियाकै साङ्केतिक स्तम्भ निर्माण गरेको छ । तस्वीरमा एक महिला पछाडि डोको बोकेर चिया टिप्दै गरेको देखिन्छ । जहाँ महिलाले लगाएको लुगा र हाउभाउ हेर्दा ग्रामीण भेगमा चिया टिप्दै गरेकोजस्तो देखिन्छ । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो स्तम्भ तामा र पित्तलबाट निर्माण गरिएको हो ।

Advertisement

नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको (शालिक)प्रतिमा समेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सोही प्रतिमा निर्माण गर्न थालिएको हो । विसं १९२० मा वडाहाकिम मिश्रले चीनबाट चिया ल्याएर रोपेको इतिहास छ । नगरले चियाको इतिहास सम्झाउनका लागि पनि मिश्रको प्रतिमा निर्माण गर्न थालेको सूचना अधिकारी शाहको भनाइ छ । शाहका अनुसार आउँदो मङ्सिर २५ मा सोही शालिकको उद्घाटन हुँदैछ ।रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top