भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण

१२ मंसिर ७७, शनिबार

१३ मंसिर, भरतपुर ।
भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ ।

भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको हो ।

Advertisement

साइकल वितरण गर्दै महानगर प्रमुख रेनु दाहालले अघिल्लो वर्षको योजना भए पनि कोभिड–१९ का कारण यस वर्ष १२ वटा वडाका ३३० छात्रालाई साइकल वितरण गरिने बताइन् ।

उनका अनुसार महानगरले विभिन्न वडामा पुगेर छात्रालाई साइकल वितरण गरिरहेको छ । यसअघि महानगरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्रालाई साइकल वितरण भएको थियो ।

Advertisement

महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनुपर्ने अवधारणा अगाडि सारेको छ ।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ ।

महागरले सबै स्कूलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कूललाई एउटा ल्यापटप उपलब्ध गराएको प्रमुख दाहालले जानकारी दिइन् ।(रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top