सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको छ ः नेता ज्ञवाली

७ जेठ ७५, सोमबार

तुलसीपुर, दाङ, ७ जेठ ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताएका छन्।

Advertisement

आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको उनको भनाइ छ ।

हिजो जनतालाई दिएका आश्वासन पार्टी एकतापछि रुपान्तरणमा अनुभव हुनेगरी देखाउन चुनौती रहेको समेत बताए।

Advertisement

लामो समयको संघर्षपछिको अहिले प्राप्त उपलब्धिमा नेपाली काँग्रेसको भूमिका पनि उत्तिकै रहेको भन्दै उनले अब पनि सहकार्यबाट देश विकासमा लाग्ने बताए।

प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माले गरेका थिए ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top