कृषि क्षेत्रको बेथिति र अनियमिततालाई सुधार गर्न प्रयत्न गर्दैछु: मन्त्री भुषाल

१३ मंसिर ७७, आइतबार

१३ मंसिर, चितवन ।

संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि र उपभोक्ताबीचको समस्या समाधान गर्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थललमा पत्रकारहरुसंँग कुरा गर्दै कृषिमन्त्री भुषालले कृषि उपजको बजारकिरणमा विचौलियाको उपस्थितिलाई न्यूनिकरणका लागि काम शुरु भएको बताए।

Advertisement

नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गएपनि विचौलियाका कारण कृषक मारमा परेको र उपभोक्ताले चर्को मुल्यमा कृषि उपज किन्नु परेको उल्लेख गर्दै त्यस समस्याको समाधान गरिने बताए ।

मुलुकको कृषि क्षेत्रमा भएको बेथिति र अनियमिततालाई सुधार गर्न आफूले प्रयत्न गरेको मन्त्री भुषालको भनाई थियो । उनले कृषि क्षेत्रको विकास र आधुनिकिकरणका लागि सरकारले प्रयास गरिरहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top