×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

नयाँ जनप्रतिनिधिलाई मुलुक हस्तान्तरण गरेर बिदा हुने प्रधानमन्त्री ओलीको इच्छा

१४ मंसिर २०७७

१४ मंसिर, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, ‘मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।’

उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले आफूले विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Advertisement
Advertisement

यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले शनिबार पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ । नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग गरेका छन् ।

ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरेका छन् ।

अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनुपर्नै बताउँदै भने, ‘तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।’

विगत साढे दुई वर्षमा हाम्रा सम्पूर्ण प्रयास सामाजिक- आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने दिशामा अभिमुख भएको उनको भनाइ छ । ‘हामीले सामाजिक न्यायसहितको विकास र समृद्धिलाई आधारभूत मान्यता बनाएका छौँ,’ उनले बैठकमा भने, ‘सामाजिक न्यायविनाको आर्थिक वृद्धिले मुठ्ठीभर सम्भ्रान्तहरुलाई मात्रै लाभान्वित गर्छ, तर आर्थिक वृद्धिविनाको वितरण मुलुकलाई झनै बढी आश्रित र खोक्रो बनाउने कुराको कारक बन्छ । तसर्थ यी दुईबीचको समुचित सन्तुलनमा जोड दिइएको छ ।’

उनले राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्र, संस्कृति र समग्रमा समाजमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्दै सामन्तवादका अवशेष उन्मूलन गर्दै लैजाने बताए ।

‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
उनले पार्टी र सरकारको विदेशी नीतिको मान्यता ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ रहेको स्पष्ट पारे । ‘कुनै विचारधारा, धर्म या संस्कृतिको सामिप्य या दूरीका आधारमा होइन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्ने हाम्रो नीति हो’, उनले भने, ‘समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति हाम्रो निष्ठा अटल छ। तर हामी कुनै पनि रुपको सैन्य गठबन्धन, धु्रवीकरण र आग्रहको विपक्षमा छौँ । विनाकुनै बाह्य हस्तक्षेप आफ्ना मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गरिनु पर्छ भन्ने अडान राख्छौं ।’

नाकाबन्दीको तहमा झरेको छिमेकी भारतसँगको सम्बन्ध नयाँ आर्थिक साझेदारीका स्तरमा उठेको उनको भनाइ थियो । भारतसंगको सहकार्य र समझदारीले उचाइ लिएको जनाउँदै प्रधानमन्त्रीले उच्चस्तरमा द्विपक्षीय भ्रमणको आदानप्रदानको सघनता उल्लेखनीय रहेको बताए ।

उनले महाकालीवारिको सम्पूर्ण भूभागमा नेपालको स्वामित्व स्थापित हुने विश्वास व्यक्त गर्दै चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’मार्फत नयाँ विकास साझेदारी निर्माण भएको जानकारी दिए ।

समृद्ध मुलुक हस्तान्तरण गरेर बिदा हुने इच्छा

प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटामा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गरेर बिदा हुने आफ्नो इच्छा रहेको बताए ।

Advertisement

‘सबैलाई कम्युनिष्ट हुनुको गौरवबोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ’, उनले बैठकमा भने, ‘मेरा लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुखभन्दा माथि केही छैन । यी महान् कार्यहरु सम्पन्न गर्न प्रगतिशील आन्दोलन र हाम्रो दललाई सफल बनाउने मेरो अठोट छ ।’ रासस

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top