×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

प्रचण्डको अडानले दबाबमा परे ओली

१७ मंसिर २०७७

काठमाडाैं: लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो।

बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुन नसक्ने, त्यसलाई फिर्ता गरेर माफी माग्नुपर्ने र अहिल्यै बैठक बस्नुको औचित्य नभएको बताएपछि एकछिन तनाव उत्पन्न भएको थियो।

Advertisement
Advertisement

‘बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्न नपाइने भए किन बैठक बस्नु ? बैठकको अर्थ के हो ?’ भनेर कड्किँदै दाहालले प्रश्न गरेपछि ओलीले २८ गतेको प्रतिवेदन राजनीतिक नभई व्यक्तिगत आरोपपत्र भएको र त्यसमा धेरैजसो शब्द तथा लाञ्छना हेर्दा फौजदारी कानुन आकर्षित हुने देखिएकाले त्यसमा छलफल हुन नसक्ने बताएका थिए। तर दाहालले छलफल हुनैपर्ने अडान राखेपछि उनीहरूबीच भनाभन नै भएको थियो।

‘उहाँहरूबीच निकै वादविवाद भयो त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलले जेजे आरोप भए पनि तिनका बारेमा छलफल गर्ने थलो सचिवालय बैठक नै भएको बताएपछि ओलीले दाहाललाई बोल्न दिएका थिए,’ बैठकपछि सचिवालयका एक सदस्यले भने।

Advertisement
Advertisement

सुरुमै ओलीले ‘तपाईंहरू यहाँ झगडा गर्न आउनुभएको हो कि सहमतिसहित बैठक गर्न आउनुभएको हो ? आजको एजेन्डा के हो रु भनेर दाहाललाई प्रश्न गरेका थिए। ‘बाटो विग्रहको हिँड्ने, कुरा सहमतिको गर्ने ? बाटो विग्रहको हो कि सहमतिको हो, क्लियर हुनुप–यो,’ ओलीले भनेका थिए।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top