बगैँचामा भेटिएको बेवारिसे महिलाको शव

१७ मंसिर ७७, बुधबार
Share this
708shares

१७ मंसिर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा बेवारिसे अवस्थामा शव भेटिएको छ ।

Advertisement

अन्दाजी २२ वर्षिय महिलाको शव फेला परेको हो ।रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिए ।

मंगलवार साँझ ६ बजेतिर शव भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको उनले बताए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कृष्णनगरमा फेरि जघन्य घटना घटेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top