×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

रारामा आउन थाले विदेशी चरा

१७ मंसिर २०७७

१७ मंसिर,खलङ्गा ।

मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी चराहरू जाडो छल्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

हाल साइबेरिया, युरोप, मङ्गोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको कार्यालयका रेन्जर सरोज खड्काले जानकारी दिए । उनले भने, “निकुञ्जमा गत वर्ष करिब १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए ।” मङ्सिर दोस्रो साताभित्रै पङ्खथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएन थालेको रेन्जर खड्काले जानकारी दिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चरा देखा परेको कार्यालयले जनाएको छ ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम

स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउनेदेखि घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्न र मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि तिला गाउँपालिकाले गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत वर्षबाट शुरु गरेको यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७/०७८ मा निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए ।

गत वर्षभन्दा यो वर्ष कार्यक्रम परिमार्जित गरेर गर्भवती आमालाई राहत हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनले गर्भावस्थाको विशेष समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहका लागि यो कार्यक्रम शुरु गरिएको बताए ।

यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयवासीको छ । गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धान उत्पादनमा वृद्धि

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष छ हजार मेट्रिक टन बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा आठ हजार ९७६, दैलेखमा चार हजार ४४९, जाजरकोटमा १० हजार ६६५, डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । “यो वर्ष धैरै वर्षा हुँदा किसानले समयमै धान रोप्न पाएका थिए”, उनले भने, “प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नुजस्ता कारणले पनि धान उत्पादन बढेको हो ।”

Advertisement

धान उत्पादनमा वृद्धि भए पनि लक्ष्यअनुसारको वृद्धि हुन नसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षाअनुसारको धान उत्पादन हुन नसकेको उनको भनाइ छ । यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयले जनाएको छ । –विजय रावत/रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top