सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

१७ मंसिर, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको यही मंसिर ११ गतेदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंसिर ९ गते गराएको पिसिआर परिक्षणमा पनि सन्दीप उपस्थित थिएनन् ।

अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)मा यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । कोरोनामुक्त भएसंगै अष्ट्रेलियामा जानुअघि सन्दीप बन्द प्रशिक्षणमा समावेश हुने सम्भावना छ ।

डिसेम्बर १० देखि अष्ट्रेलियामा सुरु हुने बीबीएल खेल्न जानुअघि सन्दीपले एक साता जति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन सक्ने यसअघि उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका थिए ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top