×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, गौरीघाटबाट यसरी समातिए

९ जेष्ठ २०७५

साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।

उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो।

Advertisement
Advertisement

विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्र्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो।

सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याइएको छ। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। सुनकाण्डका संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे फरार भएका थिए।

तर मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो।

सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो। टोलीले साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरेको बताएको छ। टोलीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top