साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो ।

समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तुगत र भारतबाट प्राप्त ५० करोड ३८ लाख रुपैयाँ नगद अनुदान सरकारको नाममा सेयरमा परिणत नगरी अपचलन गरिएको हो । विभिन्न समयमा कर्पोरेसनलाई प्राप्त अनुदान आफ्नो नाममा सेयरमा परिणत गर्न सरकारले ०६७/६८ मै निर्देशन दिए पनि कर्पोरेसनले अटेर गर्दै आएको थियो ।

प्रतिवेदनमा अपचलन भएको रकम तत्काल सरकारको सेयर लगानीमा परिणत गर्न सुझाइएको छ । कर्पोरेसनमा हाल सरकारको २१ दशमलव २८ प्रतिशत र निजी व्यवसायीको ७८ दशमलव ७२ प्रतिशत सेयर लगानी छ । यसबाहेक अनुदानबापतको ठूलो लगानी सरकारकै हो । तर सेयर हिस्सा कम रहेकाले अनुदानका रूपमा ठूलो लगानी भए पनि सरकारले लाभांश भने अति न्यून पाउँदै आएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top