×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

१८ मंसिर २०७७

१८ मंसिर, एजेन्सी ।
मली गिब्सन नाम दिइएकी एक बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।

सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्।

Advertisement
Advertisement

दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो, हामी औधी खुसी भएका छौँ, टिना गिब्सनले बताइन्। पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ उनले भनिन्।

भ्रूणदान

पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रूण दान लिएर बच्चा पाउन सकिने समाचार पढे।

मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ, २९ वर्षीया टिना गिब्सनले भनिन्। टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन्।

उनीहरूले नक्स्भिलस्थित न्याश्नल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे। उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रूणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ।

कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रूणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता निःसन्तान व्यक्तिले अपनाउन सक्छन्। उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रूण प्रयोग गरी शिशु जन्माउन सक्छन्।

प्रक्रिया
एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रूण सुरक्षित राखिएका छन्।

सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रूण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ। धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रूण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ।

इच्छुक दम्पतीलाई कुनै भ्रूणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ। यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन्।

दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ। गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए।

दिदीबहिनी
हामीले बच्चा कस्तो होला वा कहाँबाट आएको होला भन्ने बारे खासै सोचेनौँ, टिना गिब्सनले भनिन्।

उनले एनीडीसीसँग परामर्श गरिन्। हामी अलि साना छौँ त्यसैले भ्रूण रोज्दा पनि उचाइ र तौल हाम्रो जस्तै हुनसक्ने गरेर रोज्यौँ, उनले बताइन्। गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन्।

दुवै भ्रूणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन्। एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो।

Advertisement

अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन्। एनईडीसीका अनुसार यसरी भ्रूणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन। आईभीएफमार्फत् विकसित भ्रूणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो।(बीबीसी)

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top