Nepal Times
Nepal Times
3
Shares

अपाङ्गता बालबालिकालाई समर्पित कविता संग्रह सार्वजनिक

अपाङ्गता बालबालिकालाई समर्पित कविता संग्रह सार्वजनिक

१८ मंसिर, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन् ।

‘स्वभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ । कविता संग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन् ।

कवयत्री ज्ञवाली आफैपनि अपाङ्गता भएकी छोरीको अविभावक छिन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शिर्षकमा नेपाली नारिहरु माथिको उत्पीडनलाई उतारिएको छ ।

यस्तै ‘कविता संग्रहको आवाज’ शिर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । फरक शारिरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ ।

कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन । वि.सं २०१९ कात्र्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली बापमन्थी आन्दोलनमा संलग्न छिन् ।

यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याइसकेकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.