पछिल्लो २४ घण्टामा २,१११ जना डिस्चार्ज, थपिए १,३४३ संक्रमित

१८ मंसिर, विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप २ हजार १ सय ११ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

Advertisement

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १५ हजार ७ सय ६६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज मात्र १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ५ सय ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top