कोठा तातो पार्न हिटर बालेर सुत्दा सुत्केरी र शिशुको मृत्यु

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, काठमाडौँ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीमा बिहीबार बिहान महिना दिनकी सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ । एक परिवारका तीन सदस्यमध्ये दुई जनाको मृत्यु भएको हाे भने  पुरुष घाइते अवस्थामा फेला परेका छन् ।

सुत्केरीलाई चिसोबाट जोगाउन राति हिटर र कोइला एकैसाथ बालेर सुतेका कारण अक्सिजनको अभावमा उनीहरूको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Advertisement

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सिन्धुपाल्चोक जुुगल गाउँपालिका घर भई हाल सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दोर्जे शेर्पाकी सुत्केरी श्रीमती २७ वर्षीया पेम्बी शेर्पा र एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

त्यस्तै अचेत अवस्थामा फेला परेका शेर्पालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । प्रहरीका अनुसार यस्ता पीडादायी घटना चिसो मौसममा बढी नै हुने गरेका छन् ।

Advertisement

बिहीबार बिहान उज्यालो भइसक्दा पनि शेर्पा परिवार नउठेपछि स्थानीयले कोठाको ढोका खोली हेर्दा हिटर बलिरहेको अवस्थामा फेला परेको थियो भने कोइला बालेको फलामको तावासँगै रहेको थियो । वृत्त प्रमुख कार्कीले भने, ‘‘सामान्य लापरबाही गर्दा आमाछोरीको अकालमै ज्यान गयो ।’’ उनले यस्तो घटना अन्यत्र पनि हुनसक्ने हुँदा सचेतना जरुरी छ ।

घरकोठा तथा फ्ल्याट न्यानो पार्न यस्तै आगो तथा न्यानो पार्ने सामग्रीको प्रयोग गर्दा अक्सिजनको अभावमा परिवार नै सखाप भएको उदाहरण धेरै रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरको भनाइ छ । स्वयम् प्रयोगकर्ताको सामान्य लापरबाहीका कारण यस्ता घटना बारम्बार दोहोरिने गर्छन् ।

प्रहरीले हिटर, गिजर, कोइला र ब्रिकेट बालेर ढोका बन्द गरी नसुत्न नागरिकलाई आग्रह गरेको छ । धुवाँ र तातोले कोठाभित्र अक्सिजनको अभावमा निसास्सिएर सुत्केरी महिला, बालबालिका र वृद्धालाई मात्र नभई युवाको समेत ज्यान जाने गरेको छ । राति र दिउँसो ग्यास गिजर, हिटर, कोइला तथा ब्रिकेटलगायत तातो वस्तु बालेर नसुत्न र कोठा बन्द गरी नराख्न प्रहरीले आग्रह गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top