NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

भारतसँगको वार्तामा लिम्पियाधुरा हकभोगको विषय उठाऊन संसदीय समितिको निर्देशन

शुक्रबार मंसिर १९ , २०७७
Reading Time: 1 min read
A A
भारतसँगको वार्तामा लिम्पियाधुरा हकभोगको विषय उठाऊन संसदीय समितिको निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ मंसिर, काठमाडौँ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले  भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूमिमा नेपालको हकभोग कायम गर्ने विषयलाई नेपाल-भारतको परराष्ट्रमन्त्रीहरू रहेको ज्वाइन्ट कमिसनको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपालले ती क्षेत्र समेटेर नक्सा जारी गरेको तर त्यहाँ भारतीय सेना तैनाथ रहेकाले दुवै मुलुकको संयुक्त उच्चस्तरीय समितिमा संवाद गरेर नेपालको हकभोग कायम गर्नुपर्ने सांसदहरूको धारणापछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उक्त निर्देशन दिएको हो ।

LS Auto

मितिको शुक्रबारको बैठकले भारतमा छिट्टै आयोजना हुन लागेको परराष्ठ्रमन्त्रीस्तरीय ज्वाइन्ट कमिसनको बैठकमा नेपालका तर्फबाट प्रस्तुत गर्ने एजेन्डाबारे निर्देशन दिएको हो । समितिले दिएको निर्देशनबारे सभापति पवित्रा निरौला खरेलले भनिन्, ‘नेपाल र भारतका बीचमा आगामी दिनमा हुने मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भू-भागमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्ने विषयलाई एजेन्डाका रूपमा प्रस्तुत गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन तथा सुझाव दिएका छौं ।’

संसदीय समितिले भारतसँग सम्बन्धित कूटनीतिक विषयमा प्रष्ट हुन पनि निर्देशन दिएको छ । दुवै मुलुकका प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतले बुझ्ने कुरालाई पनि एजेन्डाका रूपमा प्रस्तुत गर्न भनिएको छ । भारतलाई उक्त प्रतिवेदन बुझ्ने वातावरण बनाउनका लागि यथाशीघ्र कूटनीतिक वातावरण बनाउन निर्देशन दिइएको छ । समितिले नेपालले ईपीजीको प्रतिवेदन ग्रहण गरेको भनेपनि नेपाल सरकारले भने उक्त प्रतिवेदन बुझिसकेको छैन ।

ईपीजीले दुवै मुलुकका प्रधानमन्त्रीहरूलाई समान सँगसँगैजसो प्रतिवेदन बुझाउने तयारी गरिरहेको अधिकारीहरूले बताएका छन् । नेपाल उक्त प्रतिवेदन बुझ्न तयार रहेको भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीलाई समय उपलब्ध नगराएकाले नेपाल-भारत सीमालगायतका समस्या समाधान गर्ने सुझाव रहेको प्रतिवेदन थन्किएको छ ।

समितिले नेपाल-भारत सीमा क्षेत्रमा भारतद्वारा एकतर्फी रूपमा निर्माण गरिएका संरचनासँग सम्बन्धित यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन गर्ने विषयलाई पनि एजेन्डामा राख्न सरकारलाई निर्देशन दिएको छ । ‘दुई देशका सीमा क्षेत्रमा भारतद्वारा निर्मित बाँध लगायतका भौतिक संरचनाहरूले नेपालमा गर्ने डुबान र कटान अन्त्य गर्न यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन गर्ने,’ समितिको निर्देशनमा भनिएको छ ।

भारत र चीनसँगको व्यापार घाटा न्यूनिकरण गर्नका लागि सरकारलाई कूटनीतिक पहल गर्न पनि समितिले निर्देशन दिएको छ । दुई सरकारबीच हुने भ्रमणमा अन्तर्राष्ट्रिय समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चितता गर्नका लागि सरकारलाई समितिले सुझाव दिएको छ । ‘मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको तर्फबाट प्रतिनिधित्व हुनेगरी सहभागिता गराउन सुझाव दिने,’ समितिको निर्णयमा भनिएको छ ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतका बीचमा रहेका सीमा विवादलाई केन्द्रमा राखेर मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएका थिए ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.