क्षुद्रग्रहको चट्टानसहित जापानी अन्तरिक्ष यानको टुक्रा अस्ट्रेलियामा भेटियो

Share this
766shares

२१ मंसिर, एजेन्सी ।
अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ।

Advertisement

एउटा खोजी टोलीले ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको भेटाएको हो । ती नमुना जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेको थियो। सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो।

चट्टानको नमुना बोकेको भाग पछि यानबाट छुट्टिएर पृथ्वीतर्फ झारिएको थियो। शनिवार सो भाग पृथ्वीमा प्रवेश गर्दा आगोको गोला जस्तो देखिएको तस्बिर खिचिएको थियो।

Advertisement

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरिएको थियो। त्यसपछि सो भागले आफ्नो स्थानका बारेमा तथ्याङ्क प्रवाह गर्न थालेको थियो।

सो भाग अस्टेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गरेको थियो। सो अवतरणको स्थान पत्ता लागेपछि हेलिकप्टरबाट त्यसलाई खोजिएको थियो। भेट्टिएको भागलाई अस्ट्रेलियामा निरीक्षण गरेपछि जापान पठाइएको थियो।

Advertisement

सो टुक्रा १६ किलोको भएको र त्यसलाई जापानी अन्तरिक्ष एजेन्सीले अध्ययन तथा भण्डारण गर्नेछ। हायाबुसा–२ ले क्षुद्रग्रहबाट एक सय मिलिग्रामभन्दा बढी नमूना सङ्कलन गर्ने अपेक्षा गरिएको थियो।

क्वीन्स विश्वविद्यालयका प्राध्यापक एलान फिट्जसिमोन्सले सो नमुनाले हाम्रो सौर्य प्रणालीको इतिहासको बारेमा मात्रै नभई त्यो क्षुद्रग्रहको बारेमा पनि धेरै कुरा बताउने बताए।

क्षुद्रग्रहहरू सौर्य प्रणाली बन्दा बाँकी रहेका साना निर्माण सामग्री जस्तै मानिन्छन्। तिनमा पृथ्वीजस्ता कुनै ग्रहमा समाहित हुन नसकेका सामग्री रहेको मानिन्छ। ड्यूगुजस्ता क्षुद्रग्रहका नमुना हाम्रो क्षेत्रको अध्ययनका लागि उत्साहजनक कुरा हो।

ड्यूगु एकदमै पुराना चट्टानले बनेको र यसले हामीलाई सौर्य प्रणाली कसरी बन्यो भन्ने कुराको जानकारी दिनेछ, लन्डनको न्याचुरल हिस्ट्री म्युजियमकी प्राध्यापक सारा रसेलले बताइन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top