×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

१० जेष्ठ २०७५

काठमाडौँ, १० जेठ ः प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन् ।

कार्यशालामा सूचनाको हकको अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनलगायत विषयमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झर्मेन्द्र झा र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले प्रशिक्षण दिनेछन् ।

Advertisement

सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।

यसअघि प्रदेश नं ७ को धनगढी, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ५ को दाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।
रासस

Advertisement

 

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top