×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

कर्मचारीको क्षमतामाथि अध्ययन

१० जेष्ठ २०७५

काठमाडौँ, १० जेठ ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । 

प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिए ।

Advertisement
Advertisement

प्रतिष्ठानले सातवटै प्रदेशका तीनदेखि चार जिल्ला छनोट गरी अध्ययन शुरु गरेको हो । ती जिल्लामा मोरङ, धनकुटा, बागलुङ, नवलपरासी, चितवन कास्की, दाङ, बाँके, जुम्ला, डोल्पालगायत छन् ।

तीनै तहमा फरक फरक काम गर्ने भएकाले त्यसैअनुसारको प्रशिक्षण दिनका लागि प्रतिष्ठानले अध्ययन गर्न थालेको उनले बताए ।

“अहिले हामीले संघ, प्रदेश र केन्द्रका सबै कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिने गरेका छौँ”, उनले भने, “तर अब संघीयतामा मुलुक गइसकेपछि तीनै तहका कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिएर पुग्दैन । त्यसैले कामअनुसारको प्रशिक्षण दिनका लागि अध्ययन गर्न थालेका हौँ ।”

अध्ययनका लागि एउटा जिल्लामा दुईजना विज्ञको समूह खटिसकेको छ । समूहले असारसम्ममा अध्ययन गरिसक्नेछ ।

समूहले केन्द्रमा सरकारसँग, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगरप्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी ती ठाउँमा कस्ता कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन गर्ने प्रतिष्ठानका शिक्षा निर्देशक त्रिलोचन पोखरेलले बताए ।

“समूहले अध्ययन गरिसकेपछि हामीले तीन तहमा कस्ता कर्मचारी आवश्यक हुन्छ भनेर थाहा हुन्छ”, उनले भने, “अनि अहिले भइरहेको प्रशिक्षण बदली तीनै तहमा फरक फरकखालका कर्मचारी प्रशिक्षण दिन्छौँ ।”

समूहले स्थानीय जनतासमक्ष पनि कस्ता कर्मचारी आवश्यक पर्छ भनेरसमेत अध्ययन गर्ने छन् । उनले अध्ययनबाट आएको सुझावका आधारमा तीनै तहका कर्मचारीलाई अलग अलग प्रशिक्षण दिने बताए ।

प्रतिष्ठानले सेवा शुरु हुनुभन्दा अगाडि शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रशिक्षण दिने गरेको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top