विराटनगर, ११ जेठ : प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेका छन् ।
प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
रासस