×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न विशेष अदालतको ताकेता

३० मंसिर २०७७

३० मंसिर, काठमाडौँ । ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ ।

अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारले म्याद बुझेका छैनन् । १० महिना पूरा भइसके पनि म्याद बुझाउन अदालत असफल भइरहेको छ । यसबीचमा अदालतले चाँडो म्याद बुझाउन ताकेता भने गरेको छ ।

Advertisement

विशेष अदालतका रजिस्टार अशोक क्षेत्रीले गच्छदारको म्याद सम्बन्धित अदालतले बुझाएको जानकारी प्राप्त नभएको बताए । अदालतले म्याद बुझाउनका लागि जिल्ला अदालतल सुनसरीलाई ताकेता भने गरिरहेको क्षेत्रीको भनाइ छ । जिल्ला अदालतमार्फत विशेषले म्याद २०७६ फागुन १९ गते नै पठाएको थियो ।

ललिता निवास प्रकरणमा आरोपित गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिब एक महिनापछि गच्छदारको म्याद स्थायी ठेगाना सुनसरी पठाइएको थियो । सुनसरी दुहवी नगरपालिका–२ स्थित उनको स्थायी ठेगानामा जिल्ला अदालत सुनसरीमार्फत म्याद पठाइएको हो । म्याद पठाएसँगै कोरोना कहर सुरु भएपछि अदालतका काम कारबाही केही समय बन्द भएका थिए ।

Advertisement

साउनयता क्रमशः अदालत खुल्दै गए पनि म्याद बुझाउन अदालत असमर्थ छ । फागुनको म्यादबारे कुनै जानकारी नआएपछि कात्तिक १८ गते विशेषले पुनः तोकेता गरेको छ । सोपछि पनि जिल्ला अदालतले म्याद तामेल गर्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top