नाका खुलेलगत्तै नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुने

३० मंसिर, काठमाडौं । कोभिड–१९ का कारण रोकिएको नेपाल–चीन संयुक्त सैन्य अभ्यास नाका खुलेलगत्तै सुरु हुने भएको छ । कोभिड–१९ का कारण हाल उत्तरतर्फका नाकाबाट आवतजावत बन्द छ ।

नेपाल र चीनबीच तीन वर्षअघिदेखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । कोभिड–१९ महामारी नभएको भए गत सेप्टेम्बररअक्टोबरमा दुई मुलुकका सेनाबीच संयुक्त अभ्यास भइसकेको हुने थियो । ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको सैन्य अभ्यास सन् २०१७ देखि सुरु भएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार कोभिड–१९ का कारण निर्धारित समयमा हुन नसकेको सैन्य अभ्यास नाका खुलेलगत्तै सञ्चालन गर्ने तयारी छ ।

‘कोभिड–१९ ले संयुक्त सैन्य अभ्यास सेड्युल परिवर्तन भयो । अब नाका खुलेलगत्तै रोकिएको सैन्य अभ्यास हुनेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, ‘केही साताअघि भएको चिनियाँ रक्षामन्त्रीसँगको वार्तामा पनि यो विषय उठेको छ । तालिमका विषयमा उनीहरू सकारात्मक छन् ।’ १० देखि १५ दिनसम्म चल्ने संयुक्त सैन्य अभ्यासमा चिनियाँ जनमुक्ति सेनाका तर्फबाट कम्तीमा ३५ र नेपाली सेनाका तर्फबाट पनि त्यति सैनिक सहभागी हुनेछन् । यसअघि उक्त सैन्य अभ्यास १० दिनसम्म चलेको थियो । सेनाका अनुसार विगतमा गरिएका संयुक्त सैन्य अभ्यास विशेषतः सम्भावित आतंकवाद नियन्त्रण तथा प्राकृतिक विपद् न्यूनीकरणसँग सम्बन्धित थिए ।

Advertisement

यसपटकको सैन्य अभ्यासको मोडेल सम्बन्धमा भने छलफल हुनै बाँकी रहेको सैनिक प्रवक्ता पौडेलले बताए । यो विषय टुंग्याउन दुवै मुलुकबीच राखिएका सैनिक सहचारीमार्फत वार्ता भइसकेको उनले जानकारी दिए । ‘संयुक्त सैन्य अभ्यास हुनेमा शंका भएन । तर, तालिमको मोडेल कस्तो हुने, कस्ता विषय तालिममा समेटिने भन्ने पनि तय भइसकेको छैन,’ उनले भने, ‘दुई पक्षबीच छलफल हुँदै छ । चाँडै यो विषय पनि टुंगो लाग्नेछ । सैनिक सहचारीमार्फत कुरा भइरहेको छ ।’

गत २८ नोभेम्बरमा चिनियाँ रक्षामन्त्री वी फेङले नेपाल भ्रमण गरेका थिए । नेपाली सेनाले भारत, बेलायत र अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । तीन वर्षअघिदेखि चीनसँग पनि संयुक्त सैन्य अभ्यास सुरु भएको हो । चिनियाँ र नेपाली सेनाबीच आ–आफ्ना तालिम केन्द्रमा एक–एकजना सैनिक अधिकृत आदानप्रदान गरी तालिम लिनेरदिने अभ्यास भने विगतदेखि नै चल्दै आएको छ ।

Advertisement

रोकिएका सैन्य सामग्री चाँडै आउने
कोभिड–१९ का कारण रोकिएका सैन्य सामग्री पनि चाँडोभन्दा चाँडो दिन चीन तयार रहेको सेनाले जानकारी दिएको छ । चीनले नेपाली सेनालाई खासगरी गैरघातक सैन्य सामग्री उपलब्ध गराउँदै आएको छ । करिब दुई अर्ब रुपैयाँ मूल्यबराबरको सैन्य सामग्री उपलब्ध गराउँदै आएको चीनले यसपटक भने कोभिड–१९ लाई कारण देखाउँदै रोकेको छ । कोभिडका कारण रोकिएका सैन्य सामग्री चाँडै नेपाली सेनाले प्राप्त गर्ने सैनिक प्रवक्ता पौडेलले बताए ।

‘चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा यस विषयमा पनि कुरा उठ्यो । चीन सरकार यस्ता सामग्री तुरुन्तै दिन तयार भएको र यी सामग्री तयार भइसकेको पनि रक्षामन्त्रीको भनाइ थियो,’ पौडेलले भने, ‘त्यसो हुँदा यस्ता सामग्री चाँडै नेपाली सेनाले प्राप्त गर्नेमा ढुक्क छ ।’ चीन सरकारले खासगरी मेडिकल तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउँदै आएको छ । (नयाँ पत्रिका)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top