शान्तिनगरमा फैलिएकाे पखालाका बिरामीको अवस्था सामान्य बन्दै

emf8fkvfnfsf lj/fdL M klZrd bfªsf] zflGt gu/ ufpFkflnsfsf] j8f g+ # /$ kg]{ kft] 6fs'/df emf8f kvfnfaf6 la/fdL k/]sfx?nfO{ :jf:Yo s]Gb|df z}oof gk'u ePkl5 e'O{df /fv]/ pkrf/ ul/b} . t:jL/ M gf/fo0fL /hf}/], /f;;, kft]6fs'/f bfª

तुलसीपुर, दाङ, जेठ १३

शापश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए । 

तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको थियो ।

अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । बाँकी बिरामीलाई शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको थियो । बिरामीमा अधिकांश महिला रहेका छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा हेमन्त कर्माचार्यले बताए ।
रासस