धनगढी गाेलीकाण्ड : लुटिएको रकमसहित लुटेरा पक्राउ!

विराटनगर,जेठ १३

बैंकबाट पैसा निकालेर फर्कंदै गरेका निर्मल कार्कीलाइ  गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

Advertisement

अनुसन्धानका क्रममा भएकाले खुलाउन पक्राउ परेका व्यक्तिको नाम नमिल्ने प्रहरीले जनाएको छ । उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद बरामद गरिएको छ ।

बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top