अफगानिस्तानमा १९ लडाकू मारिए

१३ जेठ ७५, आइतबार
Share this
721shares

काबुल, १३ जेठ

Advertisement

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।

मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

Advertisement

हस्का मिना जिल्लामा शनिबार भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएका छन्, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन् ।

उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेवा वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।

Advertisement

काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला बेलामा भिडन्त हुनेगरेको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top