प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ, १३ जेठ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् ।

सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिए ।

Advertisement

उनले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताए । उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राखे ।

Advertisement

काँग्रेसका उपसभापति विमलेन्द्र निधिले २७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको बताए । उनले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको बताए।

काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताए । समारोहमा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । विसं २०४८ जेठ १३ गते स्थापित सो संस्था प्रजातन्त्रवादी पत्रकारको साझा संस्था हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पहिलो सदस्यता प्राप्त गर्ने सो संस्थाको संस्थापक अध्यक्षमा जेपी गुप्ता छन् ।

स्थापनाकालदेखि पत्रकारको हकहितमा आवाज उठाउँदै आएको सो संस्थाको देशभर संगठन विस्तार छ । युनियनको स्थापनाकालका संस्थापक १७ सदस्यमा जेपी गुप्ता, हरि अधिकारी, रमेश तूफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, हरिहरप्रसाद श्रेष्ठ, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान हुनुहुन्थ्यो । हाल संस्थामा १३ हजार सदस्य आबद्ध छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top