NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ? शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

आइतवार जेष्ठ १३ , २०७५
A A
नीति तथा कार्यक्रममाथि छलफल शुरु

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, १३ जेठ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् ।

सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिए ।

LS Auto

उनले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताए । उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राखे ।

काँग्रेसका उपसभापति विमलेन्द्र निधिले २७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको बताए । उनले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको बताए।

काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताए । समारोहमा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । विसं २०४८ जेठ १३ गते स्थापित सो संस्था प्रजातन्त्रवादी पत्रकारको साझा संस्था हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पहिलो सदस्यता प्राप्त गर्ने सो संस्थाको संस्थापक अध्यक्षमा जेपी गुप्ता छन् ।

स्थापनाकालदेखि पत्रकारको हकहितमा आवाज उठाउँदै आएको सो संस्थाको देशभर संगठन विस्तार छ । युनियनको स्थापनाकालका संस्थापक १७ सदस्यमा जेपी गुप्ता, हरि अधिकारी, रमेश तूफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, हरिहरप्रसाद श्रेष्ठ, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान हुनुहुन्थ्यो । हाल संस्थामा १३ हजार सदस्य आबद्ध छन् ।
रासस

लोकप्रीय

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२

विचार

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२

थप समाचार

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी
अन्तर्राष्ट्रिय

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?
ताजा समाचार

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास
ताजा समाचार

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

शुक्रबार मंसिर १९ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.