NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

अनाथ बालबालिकामा लगानी बढाउन एसओएसकाे आग्रह

आइतवार जेष्ठ १३ , २०७५
A A
युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, १३ जेठ

बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ ।

बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको आफन्त र नातेदारको संरक्षणमै त्यता बालबालिकाको संरक्षणमा संस्थाले पछिल्लो समय जोड दिएको हो ।

LS Auto

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसओएस बालग्राम यहाँस्थित कार्यालयले अनाथ बालबालिकालाई संरक्षण गर्न नजीकको आफन्त नातेदारको संरक्षण कार्य (किनसिप) को अवधारणालाई जोड दिइएको हो । चवालीस वर्षदेखि अभिभावकविहीन बालबालिकाको उचित संरक्षण, रेखदेख, शिक्षादीक्षामा सो संस्था सेवारत छ । साथै विसं २०७२ को भूकम्पमा बाबुआमा गुमाएका ५३ बालबालिकासमेत संस्थाको संरक्षणमा छन् ।

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन आग्रह गरे ।

संस्थाले गत एक वर्षमा सम्पन्न गरेका कार्यको मूल्यांकन, आम्दानी तथा खर्र्च एवं आगामी कार्यक्रम तर्जुमासम्बन्धी हालै भक्तपुरमा आयोजित सामाजिक लेखाजोखा कार्यक्रममा उनले यस वर्ष सन् २०१८ मा आकस्मिक पूर्वतयारी कक्ष, राष्ट्रिय कार्यालय भक्तपुर (ठिमी)मा सहित आफ्ना दश दश बालग्राममा स्थापना गर्न लागिएको, युवा एवं शारीरिक रुपमा अशक्त भएकालाई पुनःस्थापना एवं सीप केन्द्र स्थापना, बालबालिका तथा युवालाई मानसिक स्वास्थ्य सेवालगायत कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सन् १९७२ देखि एसओएस बालग्राम नेपालको बाबुआमा गुमाएका बालबालिकालाई मायालुघरमा संरक्षण गरी समग्र रुपमा उनीहरुको शिक्षादीक्षासमेत प्रदान गर्दै आएको छ । आठदेखि दश जनासम्म बालबालिकालाई एउटा मायालुघरमा राखी आमा (स्याहार कार्यमा संलग्न) मार्फत संरक्षण गर्ने गर्छ ।

एक ठाउँका यस्ता घरको संख्या १२ देखि १५ सम्म रहेका हुन्छन् । हाल देशका दश शहरमा एसओएस बालग्राम छन् । एसओएस बालग्रामले सात स्थानमा विद्यालयसमेत सञ्चालनमा ल्याएको छ । एसओएस बालग्राम सानोठिमीका प्रमुख खगेन्द्र नेपालका अनुसार ती विद्यालयको शैक्षिक गुणस्तर देशका उत्कृष्ट २० विद्यालयभित्र छ ।

बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन शुरु गरेका (किनसिप) कार्यक्रमले विश्वप्रसिद्ध डारिककेयर पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ ।

सामाजिक लेखाजेखा सार्वजनिक कार्यक्रममा राष्ट्रिय निर्देशक शर्माले संस्थाले आफ्ना कार्यक्रमका हरेक वर्ष सामाजिक लेखाजोखा गर्दै आयव्यय सार्वजानिक गर्ने र पारदर्शी रुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले सन् २०१७ मा आकस्मिक सहयोग कार्यक्रमसहित रु एक अर्ब ३५ करोड ८७ लाख खर्च भएको जानकारी दिए ।

नेपालमा वर्षेनी कति बालबालिका अनाथ हुन्छन् भन्ने यकिन जानकारी सरकारी संयन्त्रमा रहेको छैन । कार्यक्रममा एसओएस बालग्रामद्वारा सञ्चालित आकस्मिक सहायता कार्यक्रमका संयोजक शंकर प्रधानाङ्गले भूकम्पपछि तत्काल संस्थाले बालबालिकालाई बालबालिका संरक्षण स्थान स्थापना, विद्यालय मर्मत, बालबालिकाको पाठ्यसामग्री, खाद्यान्नलगायत सहयोग १२ जिल्लामा गरिएको जानकारी दिए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बाबुआमा गुमाएका अनाथ बालबालिकाको संरक्षणमा नै आफूलाई केन्द्रित गर्न एसओएस बालग्रामलाई आग्रह गर्दै सामाजिक लेखाजोखामार्फत आफ्ना आयव्यय र कार्यक्रमका बारेमा जानकारी गराउने कार्यको प्रशंसा गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले एसओएस बालग्रामले बालबालिकाका क्षेत्रमा गरेका कामप्रति मन्त्रालयका तर्फबाट धन्यवाद दिए ।

सो अवसरमा एसओएस बालग्राम नेपाल कार्यकारी समितिका अध्यक्ष डा ज्योतिरत्न धाख्वाले एसओएस बालग्रामको गतिविधिका बारेमा जानकारी दिएका थिए । समाजकल्याण परिषद्का सदस्य सचिव नीलमणि बरालले एसओएस बालग्राम नेपालको सामाजिक लेखाजोखा कार्यलाई अरु संस्थाले पनि अनुसरण गर्नुपर्छ भने ।
रासस

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.