अनाथ बालबालिकामा लगानी बढाउन एसओएसकाे आग्रह

१२ जेठ ७५, आइतबार

काठमाडौँ, १३ जेठ

बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ ।

बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको आफन्त र नातेदारको संरक्षणमै त्यता बालबालिकाको संरक्षणमा संस्थाले पछिल्लो समय जोड दिएको हो ।

Advertisement

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसओएस बालग्राम यहाँस्थित कार्यालयले अनाथ बालबालिकालाई संरक्षण गर्न नजीकको आफन्त नातेदारको संरक्षण कार्य (किनसिप) को अवधारणालाई जोड दिइएको हो । चवालीस वर्षदेखि अभिभावकविहीन बालबालिकाको उचित संरक्षण, रेखदेख, शिक्षादीक्षामा सो संस्था सेवारत छ । साथै विसं २०७२ को भूकम्पमा बाबुआमा गुमाएका ५३ बालबालिकासमेत संस्थाको संरक्षणमा छन् ।

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन आग्रह गरे ।

Advertisement

संस्थाले गत एक वर्षमा सम्पन्न गरेका कार्यको मूल्यांकन, आम्दानी तथा खर्र्च एवं आगामी कार्यक्रम तर्जुमासम्बन्धी हालै भक्तपुरमा आयोजित सामाजिक लेखाजोखा कार्यक्रममा उनले यस वर्ष सन् २०१८ मा आकस्मिक पूर्वतयारी कक्ष, राष्ट्रिय कार्यालय भक्तपुर (ठिमी)मा सहित आफ्ना दश दश बालग्राममा स्थापना गर्न लागिएको, युवा एवं शारीरिक रुपमा अशक्त भएकालाई पुनःस्थापना एवं सीप केन्द्र स्थापना, बालबालिका तथा युवालाई मानसिक स्वास्थ्य सेवालगायत कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सन् १९७२ देखि एसओएस बालग्राम नेपालको बाबुआमा गुमाएका बालबालिकालाई मायालुघरमा संरक्षण गरी समग्र रुपमा उनीहरुको शिक्षादीक्षासमेत प्रदान गर्दै आएको छ । आठदेखि दश जनासम्म बालबालिकालाई एउटा मायालुघरमा राखी आमा (स्याहार कार्यमा संलग्न) मार्फत संरक्षण गर्ने गर्छ ।

एक ठाउँका यस्ता घरको संख्या १२ देखि १५ सम्म रहेका हुन्छन् । हाल देशका दश शहरमा एसओएस बालग्राम छन् । एसओएस बालग्रामले सात स्थानमा विद्यालयसमेत सञ्चालनमा ल्याएको छ । एसओएस बालग्राम सानोठिमीका प्रमुख खगेन्द्र नेपालका अनुसार ती विद्यालयको शैक्षिक गुणस्तर देशका उत्कृष्ट २० विद्यालयभित्र छ ।

बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन शुरु गरेका (किनसिप) कार्यक्रमले विश्वप्रसिद्ध डारिककेयर पुरस्कारसमेत प्राप्त गर्न सफल भएको छ ।

सामाजिक लेखाजेखा सार्वजनिक कार्यक्रममा राष्ट्रिय निर्देशक शर्माले संस्थाले आफ्ना कार्यक्रमका हरेक वर्ष सामाजिक लेखाजोखा गर्दै आयव्यय सार्वजानिक गर्ने र पारदर्शी रुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले सन् २०१७ मा आकस्मिक सहयोग कार्यक्रमसहित रु एक अर्ब ३५ करोड ८७ लाख खर्च भएको जानकारी दिए ।

नेपालमा वर्षेनी कति बालबालिका अनाथ हुन्छन् भन्ने यकिन जानकारी सरकारी संयन्त्रमा रहेको छैन । कार्यक्रममा एसओएस बालग्रामद्वारा सञ्चालित आकस्मिक सहायता कार्यक्रमका संयोजक शंकर प्रधानाङ्गले भूकम्पपछि तत्काल संस्थाले बालबालिकालाई बालबालिका संरक्षण स्थान स्थापना, विद्यालय मर्मत, बालबालिकाको पाठ्यसामग्री, खाद्यान्नलगायत सहयोग १२ जिल्लामा गरिएको जानकारी दिए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बाबुआमा गुमाएका अनाथ बालबालिकाको संरक्षणमा नै आफूलाई केन्द्रित गर्न एसओएस बालग्रामलाई आग्रह गर्दै सामाजिक लेखाजोखामार्फत आफ्ना आयव्यय र कार्यक्रमका बारेमा जानकारी गराउने कार्यको प्रशंसा गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले एसओएस बालग्रामले बालबालिकाका क्षेत्रमा गरेका कामप्रति मन्त्रालयका तर्फबाट धन्यवाद दिए ।

सो अवसरमा एसओएस बालग्राम नेपाल कार्यकारी समितिका अध्यक्ष डा ज्योतिरत्न धाख्वाले एसओएस बालग्रामको गतिविधिका बारेमा जानकारी दिएका थिए । समाजकल्याण परिषद्का सदस्य सचिव नीलमणि बरालले एसओएस बालग्राम नेपालको सामाजिक लेखाजोखा कार्यलाई अरु संस्थाले पनि अनुसरण गर्नुपर्छ भने ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top