×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध ११ रिट

७ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११ वटा रिट निवेदन दर्ता भइसकेका छन्। दर्ता गरिएका निवेदनमध्ये एउटा संवैधानिक इजलास र १० वटा साधारण इजलासमा दर्ता भएको सर्वोच्चले जनाएको छ। प्रतिनिधिसभा विघटन हुने वा पुनःस्थापना भन्ने विषय अब सर्वोच्चको हातमा पुगेको छ।
सबै रिट निवेदकले प्रतिनिधिसभाको विकल्प दिन नसके मात्र त्यसको विघटन हुन सक्ने व्यवस्था हुँदाहुँदै प्रधानमन्त्री र राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरी विघटनको कदम चालेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन्। संवैधानिक इजलासमा प्रधानन्याधीशसहित पाँचजना न्यायाधीशले पहिलो सुनुवाइ गर्नेछन् भने साधारणमा एकल न्यायाधीशको इजलासमा पहिलो सुनुवाइ हुनेछ। त्यसपछि संयुक्त (दुईजना न्यायाधीश), पूर्ण (तीनजना न्यायाधीश वा सोभन्दा बढी) इजलासमा छलफल हुनेछ। साधारण इजलासमा परेका निवेदनमाथि बुधबार सुनुवाइ हुँदैछ। संवैधानिक इजलासमा परेको निवेदनको शुक्रबार पेसी तोकिएको छ। बुधबार सर्वोच्चले के आदेश गर्छ भन्नेमा सबैको चासो छ।
अधिवक्ता सन्तोष भण्डारीलगायत ६ जनाले संवैधानिक इजलासमा संयुक्त रिट निवेदन दर्ता गरेका छन्। रिट निवेदकले संविधानको धारा ७६ को विकल्पले सरकार गठन हुन नसकेको खण्डमा मात्र प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको धारामा टेकेर गलत काम गर्नु बदनियत र दूराशयपूर्ण भएको दाबी गरिएको छ। ‘प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनको सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट स्वीकृति प्रदान गर्नुलाई उत्प्रे्रेषणको आदेशद्वारा बदर गरिपाऊँ,’ रिट निवेदनमा भनिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद्को सिफारिस बदर गर्न, राष्ट्रपति कार्यालयबाट जारी सूचना बदरसहित संसद् पुनर्बहाली गरेर अधिवेशन बोलाउन माग गरेका छन्। संविधानको धारा ७६ को उपधारा १ र ७ ले संसद् विघटन गर्न नसक्ने दाबी रिट निवेदनमा छ। ‘संविधानले कल्पनै नगरेको काम गर्नु गैरसंवैधानिक, कपटपूर्ण, जालसाजी मन्त्रिपरिषद्को सिफारिसले मान्यता प्राप्त गर्न नसक्ने’ दाबी रिट निवेदनमा गरिएको छ। ‘धारा ८५ निरपेक्ष धारा नभएको र धारा ७६ को सापेक्षतामा क्रियाशील हुने भएकाले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन, सर्तसहितको अधिकार हो,’ निवेदनमा दाबी छ, ‘अविश्वासको प्रस्ताव सामना गर्नुपर्ला र पदच्यूत भइएला भन्ने दुराशय राखी संसद् विघटनको सिफारिस भएको छ। प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने औचित्य पुष्टि भएको छैन।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्र आरण, शुलभ खरेल, लोकेन्द्रबहादुर ओली, सालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, अमिता गौतम पौडेल, कृष्णप्रसाद शर्मासमेतले सर्वोच्चमा रिट निवेदन दर्ता  गरेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११ वटा रिट निवेदन दर्ता भइसकेका छन्। दर्ता गरिएका निवेदनमध्ये एउटा संवैधानिक इजलास र १० वटा साधारण इजलासमा दर्ता भएको सर्वोच्चले जनाएको छ। प्रतिनिधिसभा विघटन हुने वा पुनःस्थापना भन्ने विषय अब सर्वोच्चको हातमा पुगेको छ।

सबै रिट निवेदकले प्रतिनिधिसभाको विकल्प दिन नसके मात्र त्यसको विघटन हुन सक्ने व्यवस्था हुँदाहुँदै प्रधानमन्त्री र राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरी विघटनको कदम चालेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन्। संवैधानिक इजलासमा प्रधानन्याधीशसहित पाँचजना न्यायाधीशले पहिलो सुनुवाइ गर्नेछन् भने साधारणमा एकल न्यायाधीशको इजलासमा पहिलो सुनुवाइ हुनेछ। त्यसपछि संयुक्त (दुईजना न्यायाधीश), पूर्ण (तीनजना न्यायाधीश वा सोभन्दा बढी) इजलासमा छलफल हुनेछ। साधारण इजलासमा परेका निवेदनमाथि बुधबार सुनुवाइ हुँदैछ। संवैधानिक इजलासमा परेको निवेदनको शुक्रबार पेसी तोकिएको छ। बुधबार सर्वोच्चले के आदेश गर्छ भन्नेमा सबैको चासो छ।

Advertisement

अधिवक्ता सन्तोष भण्डारीलगायत ६ जनाले संवैधानिक इजलासमा संयुक्त रिट निवेदन दर्ता गरेका छन्। रिट निवेदकले संविधानको धारा ७६ को विकल्पले सरकार गठन हुन नसकेको खण्डमा मात्र प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको धारामा टेकेर गलत काम गर्नु बदनियत र दूराशयपूर्ण भएको दाबी गरिएको छ। ‘प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनको सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट स्वीकृति प्रदान गर्नुलाई उत्प्रे्रेषणको आदेशद्वारा बदर गरिपाऊँ,’ रिट निवेदनमा भनिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद्को सिफारिस बदर गर्न, राष्ट्रपति कार्यालयबाट जारी सूचना बदरसहित संसद् पुनर्बहाली गरेर अधिवेशन बोलाउन माग गरेका छन्। संविधानको धारा ७६ को उपधारा १ र ७ ले संसद् विघटन गर्न नसक्ने दाबी रिट निवेदनमा छ। ‘संविधानले कल्पनै नगरेको काम गर्नु गैरसंवैधानिक, कपटपूर्ण, जालसाजी मन्त्रिपरिषद्को सिफारिसले मान्यता प्राप्त गर्न नसक्ने’ दाबी रिट निवेदनमा गरिएको छ। ‘धारा ८५ निरपेक्ष धारा नभएको र धारा ७६ को सापेक्षतामा क्रियाशील हुने भएकाले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन, सर्तसहितको अधिकार हो,’ निवेदनमा दाबी छ, ‘अविश्वासको प्रस्ताव सामना गर्नुपर्ला र पदच्यूत भइएला भन्ने दुराशय राखी संसद् विघटनको सिफारिस भएको छ। प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने औचित्य पुष्टि भएको छैन।’

Advertisement

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्र आरण, शुलभ खरेल, लोकेन्द्रबहादुर ओली, सालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, अमिता गौतम पौडेल, कृष्णप्रसाद शर्मासमेतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top