×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मोरङका विभिन्न स्थानबाट लागुऔषध सहित ९ जना पक्राउ

७ पुष २०७७

७  पौष, विराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

निजलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका-१४ साउने घर भई त्रियुगा नगरपालिका-१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुल्न आएसंगै तत्काल मगरको कोठामा पुगेको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो ।

मगर पक्राउ परेसंगै निजको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१३ बरुवा खोला किनाराबाट त्रियुगा-११ का ३२ बर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा सोमवार राती साँढे ९ बजे खटिएको प्रहरी टोलीले राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको हो ।

यसरी लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट सोमवार राती पौने ७ बजे लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । उक्त स्थानमा लागुऔषध ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका-५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी-२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ-३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्तिबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका-९ बस्ने २५ बर्षीय धन बहादुर रानालाई लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट सहित सोमवार साँझ सवा ६ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top