एजेन्सी । लकडाउन पालना नगरेको भन्दै भारतका २७ सेलिब्रेटी पक्राउ परेका छन् ।
महाराष्ट्रमा अहिलेपनि लकडाउनका कतिपय नियम जारी रहेको अवस्थामा क्लबमा पार्टी गरेको भन्दै मुम्बई प्रहरीले सोमबार उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रिकेटर सुरेश रैना, ऋतिक रोशकी पूर्वपत्नी सुजैन, गायक गुरु रन्धावालगायत छन् । पक्राउपछि मुद्दा दर्ता गरेर प्रहरीले साधारण तारेखमा रिहा गरिदिएको छ । प्रहरीका अनुसार पार्टीमा सहभागी दिल्लीका १९ जना र बाँकी पञ्जाव र दक्षिण मुम्बईका थिए । राती ११ बजेपछि कुनै पनि पार्टी वा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध गरिएको महाराष्ट्रमा विशेष सूचनाका आधारमा ड्रागन फ्लाई क्लबमा छापा मारेर उनिहरुलाई पक्राउ गरेको हो ।