×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालुवाटारको वैठक वैधानिक होइन : दाहाल

७ पुष, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् ।

Advertisement

६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ । निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन । संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने अपेक्षा छ । विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा राखेको छु, बैठकमा दाहालले भने । दाहालले पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफूहरुको पक्षमा रहेको भन्दै यसको पनि ख्याल राख्नु पर्ने बताए । तत्कालीन नेकपा एमालेका वरिष्ठत नेता, वर्षाैं उक्त पार्टी चलाएका नेता यहाँ हुनुहुन्छ । यहाँ वरिष्ठ नेता हुनुहुन्छ, उनले भने । सम्बोधनमा दाहालले सचिवालय सदस्यहरु वामदेव गौतम र रामबहादुर थापा पनि आफ्नो पक्षमा आउने बताए । रामबहादुर थापा बादललाई आज बिहान पनि भेटेर कुरा गरेको छु । वामदेवजी र थापजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु, उनले भने, यो हलले वामदेव र बादललाई अगाडि देख्न चाहेको छ । अर्का अध्यक्ष ओली पक्षले केन्द्रीय समिति विस्तार गरेको विषयमा टिप्पणी गर्दै दाहालले भने, दुई तिहाइभन्दा बढी संख्या थपेर आधिकारिकता दिन्छन् भन्ने नसोचे हुन्छ । त्यसमा पार्टीको परम्परा, एकताको भावना जोडिएको छैन ।
ई कान्तिपुरबाट

Advertisement
Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top