पत्रकार नेपाल, नेपाल टाईम्सको सल्लाहकारमा

१४ जेठ ७५, सोमबार
Share this
725shares

विराटनगर, जेठ १४
राष्ट्रिय सञ्चार माध्यममा लामो अनुभव बटुलेका विराटनगरका पत्रकार हरिहर नेपाल अनलाइन मिडिया ‘नेपाल टाईम्स’ मा आवद्ध हुनुभएको छ । उहाँलाई नेपाल टाईम्सले एक कार्यक्रमका बीच सल्लाहकारको रुपमा आवद्ध गराएको हो ।

Advertisement

कार्यक्रममा नेपाल टाईम्सका महानिर्देशक मुकुल दाहालले पत्रकार नेपाललाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार नेपालले छोटो समयमा लोकप्रिय बन्न सफल सञ्चार माध्यम ‘नेपाल टाईम्स’मा सल्लाहकारको रुपमा आवद्ध हुन पाउनु आफना लागि खुशीको कुरा भएको बताउनुभएको थियो ।

Advertisement

यस्तै कार्यक्रममा नेपाल टाईम्सका ब्यबस्थापकीय निर्देशक सैहैन्शा सिद्दिकीले पत्रकार नेपालले आफूहरुलाई गरेको सहयोगको प्रसंशा गर्दै औपचारिक रुपमा नेपाल टाईम्स टिममा सामेल गराउँदा गर्व लागेको बताउनुभयो ।

सिद्दिकीले नेपाल जस्तो क्षमतावान पत्रकारको सल्लाह सुझाब र सहयोगले नेपाल टाईम्सले ठूलो छलाङ मार्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

Advertisement

कार्यक्रममा नेपाल टाईम्सका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top