निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

९ पौष, काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे कुनै द्विविधा राख्नु आवश्यक छैन, तपाईंहरू जनताको साथ नछाड्नुहोस् ।”

भेलामा नेता टोपबहादुर रायमाझीले स्थायी सरकार र समृद्धिको नारा दिँदै गरिएको पार्टी एकताका सुरुआती दिनदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट षड्यन्त्र हुँदै आएको विस्तृत चर्चा गर्नुभयो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीतलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिएको छ । प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. बिन्दा पाण्डेलाई तोकिएको छ ।

Advertisement

त्यस्तै कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई तोकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा हुनुहुन्छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल हुनुहन्छ । यसैगरी प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो एवं प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फेलाई प्रशिक्षकका रूपमा तोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top