ट्रम्पले ‘भिटो’ प्रयोग गरेर रोकिदिए संसदको दुबै सदनले पारित गरेको सुरक्षा खर्च विधेयक

९ पौष, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सदनले पारित गरेको सुरक्षा खर्च सम्बन्धी विधेयक राष्ट्रपतिको विशेषाधिकार ‘भिटो’ प्रयोग गरेर रोकिदिएका छन् ।

रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक सदनले यहि महिना पारित गरिएको थियो ।

तर आफूले भनेअनुसार विधेयक नआएको भन्दै ट्रम्पले भिटो प्रयोग गरेर उक्त विधेयकलाई कानून बन्नबाट रोकिदिएका हुन् ।

Advertisement

ट्रम्पले भिटो प्रयोग गरिदिएकाले अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘सटडाउन’ हुनसक्ने त्रास बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक फिर्ता बोलाउने संख्या र सीमा एवं सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पले आपत्ति जनाएका हुन् ।

Advertisement

रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने प्रस्तावप्रति ट्रम्पको आपत्ति रहेको हो । तर विधेयक भने सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो ।

सदनले यस विधेयकलाई आवश्यक नै ठानेमा अब फेरि दुबै सदनको दुई तिहाई बहुमतबाट पारित गर्नसक्ने र राष्ट्रपतिको भिटो निष्क्रिय हुनेछ ।

यदि सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज गरेन भने ६० वर्षपछि पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट कानून बन्ने छैन ।

ट्रम्पले भने विधेयकलाई ‘चीन र रुसका लागि उपहार’ को संज्ञा दिएका छन् ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भिटो प्रयागलाई लापरवाहीको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top