भारतबाट जीटूजी मार्फत रासायनिक मल खरिद गर्न संवाद सुरु

९ पौष, काठमाडौं । भारतबाट जीटूजी प्रक्रिया मार्फत रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको छ ।

मल खरिदबारे बुधबार सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले भर्चुअल माध्यमबाट छलफल गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।

जीटूजीमा मल खरिदबारे झण्डै एक वर्षभन्दा अघिदेखि रोकिएको छलफल पुनः सुरु भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिए ।

Advertisement

भारतीय फर्टिलाईजर विभाग र मन्त्रालयको टोलीबीच बुधबार छलफल भयो, बार्ता टुटेको सम्बाद जोड्नेमा सिमित रह्यो, प्रवक्ता केसीले भने ।

नेपालले मल खरिदबारे गत वर्ष राखेको प्रस्तावबारे भारतीय पक्षलाई जानकारी गराइएको र थप प्रक्रिया अघि बढाउने सम्बन्धमा भारतीय पक्षको धारणा मागिएको उनले जानकारी दिए ।

Advertisement

जवाफमा भारतीय पक्षले नेपालको प्रस्ताव सकारात्मक भएको र थप छलफल गरेर अघि बढ्न सकिने बताएको प्रवक्ता केसीले बताए ।

दुवै देशले स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने गरेर आजको छलफल टुंगिएको मन्त्रालयले जनाएको छ । अर्को बार्ताको मिति भने तय भएको छैन् ।

नेपाली बार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव डा. कान्चन पाण्डेले गरेका थिए । भारतको उर्वरक तथा रसायन मन्त्रालयका सहसचिव धरम पाल भारतको तर्फबाट बार्तामा सहभागी थिए ।

पेट्रोलियम पदार्थकै मोडालिटीमा भारतबाट रासायनिक मल खरिद गर्न अघिल्लो वर्ष नेपालले भारतसमक्ष औपचारिक प्रस्ताव गरेको थियो तर राजनीतिक रुपमा दुई देशबीचको सम्बन्ध चिसिएपछि भारतले मलको विषयमा नेपालसँग छलफल नै गर्न चाहेको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top