बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

८ पुस ७७, बिहीबार

९ पौष, धनकुटा । धनकुटा नगरपालिका-९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान ८ बजे धनकुटा-७ जिरो प्वाईन्ट स्थित को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top