NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा

सोमवार जेष्ठ १४ , २०७५
Reading Time: 1 min read
A A
गणतन्त्र स्मारक अन्तिम चरणमा तर स्तम्भ अन्योलमा

u0ftGq :df/s sf7df8f}Fsf] gf/fo0flx6L b/af/ ;+u|xfno kl/;/df lgdf{0f ul/Psf] u0ftGq :df/s . tl:a/ M /Tg >]i7, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, १४ जेठ
सात वर्षअघि निर्माण शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ ।

शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सञ्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रुपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा छन् । राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्यूँदा शहीदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो ।

LS Auto

नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

“जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरी पनि निर्माण गरिएको छ, स्मारक अण्डाकार संरचनाको छ, जहाँबाट रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ”, वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले भने ।

स्मारकमा ‘शहीदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राख्ने तयारी गरिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायतका संरचनासमेत निर्माण भएको छ ।

यसअघि नारायणहिटी दरबार क्षेत्रमा रहेको टुकुचा नदीको चौडाइ विस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने उनले बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले निर्वाह गरेको भूमिकाका विभिन्न तस्वीर र कलाकृतिलगायतका सामग्री राखिनेछन् ।

स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

“किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतिकात्मक अर्थ दिनेछ”, उनले भने ।

विसं २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जनाएको छ ।

स्मारक प्रवेशमा शुल्क नलाग्ने

स्मारकमा प्रवेश गर्नका लागि शुल्क नलाग्ने गरी कार्यविधि निर्माण भइरहेको विभागका उपमहानिर्देशक गेलालले सुनाए । कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन हुनेछ । नारायणहिटी दरबार सङ्ग्रहालय भ्रमणका लागि भने तोकिएअनुसार टिकट काट्नुपर्नेछ ।

भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकलाई नेपालमा लोकतन्त्र प्राप्तिको चित्र र संघर्षलाई भावनात्मकरुपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ । सङ्ग्रहालय प्रमुख रोहितकुमार ढुङ्गानाले स्मारक अन्तिम चरणमा पुगेको देखिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने थाहा नभएको बताए ।

एकैपटकमा १०० जनाभन्दा बढीले स्मारक भ्रमण गर्न सक्नेछन् । स्मारक निर्माणमा भारत र चीनका प्राविधिक संलग्न थिए ।

रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोइ÷स्काई÷बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए । आन्तरिक साजसज्जाको काममात्र बाँकी रहेको उनको भनाइ थियो ।

बजेट अभावले अन्योलमा गणतन्त्र स्तम्भ

स्मारकसँगै निर्माण हुने भन्ने चर्चामा आएको गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । स्तम्भको ड्रइङ, डिजाइन सबै तयार भए पनि बजेटको सुनिश्चितता नहुँदा स्तम्भ अन्योलमा रहेको विभागले जनाएको छ ।

स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड बराबरको लागत अनुमान गरिएको वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले सुनाउनुभयो । स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौँ महानगरपालिका वडा नं १४ गाङ्खेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ । सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ ।

स्तम्भ ९४ मिटर उचाइको बनाइने योजना छ । यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा नमूना परिवर्तन गरी ९४ मिटरमा झारिएको विभागले जनाएको छ ।

अलपत्र राष्ट्रिय शहीद स्मारक

विसं २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना भएसँगै शुरु गरिएको राष्ट्रिय शहीद स्मारक निर्माणको काम १२ प्रवेश गर्दा पनि अलपत्र छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारकमा राणा शासनदेखि पछिल्लो जनआन्दोलनसम्मका शहीदका नाममा स्तम्भ, शहीद सङ्ग्रहालय, पुस्तकालय, शान्ति स्तम्भ, निजामती पार्क र ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संरक्षणविद्को सम्झनामा घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति परियोजनाले निर्माण गरिरहेको स्मारक मन्त्रालयको खारेजीसँगै अलपत्र बनेको हो । निर्माण व्यवसायीको लापरवाहीले स्मारक अलपत्र बनेको निर्माण कार्यदल कार्य सम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।

शान्ति मन्त्रालय खारेजी भएपछि आगामी आर्थिक वर्षमा कुन मन्त्रालयबाट स्मारक निर्माणका लागि बजेट आउँछ भन्ने अझै अन्योल रहेको उनले सुनाए ।
रासस

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.