प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, फकाउन सफल भए ओली

१० पौष, काठमाडौं । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।

यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो ।

उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए ।

Advertisement

दुवै खेमाको तानातानमा परेका थापालाई बिहीबार बिहानको भेटपछि ओलीले फकाउन सफल भएका हुन् । पार्टी उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर उनी एक्लै ओलीको खेमामा गएका छन् । कान्तिपुरले खबर छापेको छ ।
सोही पत्रिकामा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने ठोकुवा गरेको खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top