नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

१० पौष, काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।

यस सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः त्यस सहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ । त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको थियो ।

Advertisement

यस घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएको छ । कारबाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ । आउँदो आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व सुरु भएको हो ।

पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि निर्वाचन अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजनीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् । विद्रोही समूहले देशको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण सुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

Advertisement

विद्रोहीको प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयोग गर्न निर्देशन दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । निर्वाचनका लागि अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेता पनि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकले सुरक्षा सुदृढ तुल्याउन तल्लिन रहेको सेनाले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top