×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

भुक्तानी माग्दामाग्दै जग्गा लिलामीमा

१० पौष, काठमाडौँ । करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगर गाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् । आन्दोलन गरेपछि उखुको पैसा पाइएला र त्यसमै थपथाप गरेर बैंकको कर्जा तिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिने सूचना निकालेको खबर मिल्यो ।

केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा र बटैयामा लिएको २ बिघा जमिनमा उखु खेती गर्थे । त्यहीबेला उनले खेती गर्न र घरखर्च टार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठा जमिन धितो राखेर कृषि विकास बैंकबाट ९ लाख ५५ हजार रुपैयाँ कर्जा लिए । बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगर मिल्समा लगेर बेचे । ‘गाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय र ज्वाइँ रामबाबु रायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने ।

Advertisement

साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन । तर उनले करिब ३ लाख रुपैयाँ चिनी मिलबाट पाउन बाँकी रहेको दाबी गरे । बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवको आँखाबाट आँसु रोकिएको छैन । हरिश्यामले भने, ‘उखुको पैसा बेलैमा पाएको भए उतिबेलै कर्जा सदाइसक्ने उनको हिसाब थियो । तर मिल मालिकले पैसा नदिँदा आफ्नो हालत बिग्रिएकोमा उनको चिन्ता छ ।’

चाररपाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीहरूलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र पश्चिम नवलपरासीका उखु किसानहरू आन्दोलित छन् ।

पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने क्रम दोहोरिरहेकाले यसपाला भने उखु किसानहरू सबैले पैसा नपाएसम्म आन्दोलन गरिरहने मनस्थितिमा छन् । गत पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा चिनी मिल र किसानहरूबीच सम्झौता भएको थियो । उक्त पाँचबुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको थियो, ‘२०७६ माघ ७ भित्र उखुको भुक्तानी दिलाउन उद्योग मन्त्रालयले समन्वय गर्ने ।’ यही सम्झौता कार्यान्वयन नभएपछि काठमाडौं आएका गगनदेवजस्तै उखु किसानहरूले निरन्तर आन्दोलन गरेको डेढ साता हुन आँटिसक्यो । यो बीचमा गृह मन्त्रालयले किसानको रकम नतिर्ने चिनी मिललाई पक्राउ गर्ने बताएपछि केही उखु किसानले पैसा पाए पनि सबै किसानको बक्यौता चुक्ता भइसकेको छैन ।

Advertisement

कान्तिपुरसँगको कुराकानीमा ६ नातिनातिनाका हजुरबुबा गगनदेवले उखु खेतीले आफू बिल्लीबाँठ हुन लागेको बताए । आन्दोलनका लागि काठमाडौं आएयता गगनदेव दिनभर माइतीघर मण्डलमा विभिन्न नारा लेखिएको पर्चा छातीमा टाँसेर दिनभर बस्छन् । अनि साँझ पर्न थालेपछि गौशालाको धर्मशालामा पुग्छन् । ‘कहिले सरकारले कुरा सुन्ने हो र सबै पैसा हात पर्ने हो टुंगो छैन,’ उनले भने ।
यो समाचार आजको कान्तिपुर दैनिकका लागि जनकराज सापकोटाले लेखेका हुन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top