१९ गतेसम्मका लागि कांग्रेस केन्द्रीय समिति वैठक स्थगित

१० पुष, ललितपुर । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय समिति बैठक आगामी १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने गरी स्थगित भएको हो । पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटै प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक, अधिनायक आकांक्षाबाट प्रेरित तथा अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको कांग्रेस केन्द्रीय समिति बैठकमा पुग्दा भने निर्वाचनमा जाने की आन्दोलनमा भन्ने विषयको बहसमा फसको थियो । त्यही कारण तेस्रो दिन मात्र आन्दोलनमा जाने निर्णयमा पुगेको थियो । आगामी १३ गते देशभर सांकेतिक विरोध गर्ने घोषणा गरेको कांग्रेसले त्यसबेलासम्म सर्वाेच्चको फैसला आउने र त्यसपछि आवश्यक निर्णय गरेर चुनाव वा आन्दोलनको बाटो रोज्‍ने तयारी गरे पनि सर्वाेच्चको फैसला कुर्न २२ गतेपछिको अवस्था आउने देखेपछि बैठक स्थगित गरेको हो । कांग्रेसले १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेर १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top