×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी

१२ पुष २०७७

काठमाडौँ : मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । हल्का समस्या आउँदा घरमै बस्ने र जब मानिसलाई धेरै गाह्रो हुन थाल्छ, त्यो बेला मात्र अस्पताल पुग्ने हुँदा बचाउन कठिन हुन्छ । दम रोगीलाई जोगाउन घरमा पनि बढी स्याहार जरुरी हुन्छ ।

Advertisement

चिकित्सककाअनुसार चिसोमा ननिस्कने, चिसो खानेकुरा नखाने र पिउन तथा नुहाउन तातोपानीको प्रयोगले दम रोगीको स्याहारमा सहयोग पुग्छ । कोरोनाको महामारीसँगै वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ ।

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले पहिले भेन्टिलेटरमा राखेका ८० प्रतिशत मानिसलाई बचाउन सकिएकोमा पछिल्लो समय ५० देखि ६० प्रतिशतलाई मात्रै बचाउन सकिएको अनुभव सुनाउनुभयो । कोरोनाले गर्दा मानिस अस्पताल नआउने, आइहालेमा पनि धेरै जटिल अवस्थामा मात्र आउने गरेकाले समस्या परेको उनको भनाइ छ ।

योबाहेक प्रदूषणकै कारण नेपालमा दम रोग बढेको छ । उनले अक्सिजन लगाइरहने व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्ने जानकारी दिए । डा. पङ्गेनीका अनुसार प्रदूषणले उपत्यकामा दम रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । वृद्धवृद्धा, शिशु र बालबालिकालाई अझ बढी जोखिम हुन्छ ।

डा. पङ्गेनीले जाडो मौसममा अस्पतालमा दम रोगका बिरामीको भीड बढ्ने गरेको बताउँछन् । डा. पङ्गेनी सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको तथ्याङ्क दिन्छन् ।

तथ्याङ्कअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस दमका रोगी छन् । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गर्दछ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक पर्छन् । चार वर्ष अघि गरिएको एक सर्वेक्षणमा नेपालमा नौ लाख ६० हजार मानिस दमका बिरामी रहेको पाइएको छ ।

विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दम खोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् । नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दम खोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुषको दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ ।

Advertisement

वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले अस्पतालमा दैनिक २० देखि २५ जना बिरामी दमका आउने गरेको जानकारी दिए । उनले नेपालमा दमको समस्या अत्यधिक रहेको भन्दै जाडो मौसममा दम रोगीले विशेष ख्याल गर्नुपर्ने सुझाव दिए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top