×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बस्ने मन्त्रिपरिषद्को निर्णय

१२ पौष, विराटनगर । आगामी माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

Advertisement
Advertisement

यसअघि साउन ९ गते सभामुख सोमनाथ अधिकारीले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेका थिए।

यसैगरी आजै बसेको बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागू गर्ने निर्णय गरेकोसमेत कार्कीले जानकारी दिए।

यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रदेश सांसद राजेन्द्र राईका अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।

राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड-नेपाल पक्षीय एक नेताले जानकारी दिए।

प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन्। तीमध्ये नेकपाका ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्। केही सदस्यहरु यता उता गरिरहेका छन्।

यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन्।

यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले बताए।

शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।

केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।

Advertisement

बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाका प्रचण्ड-माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top