आर्थिक कूटनीतिलाई बढावा दिन्छु : राजदूत खतिवडा

१३ पुस ७७, सोमबार
Share this
706shares

१३ पुस, काठमाडाैँ ।

Advertisement

नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसङ्घसँगले आइतबार आयोजना गरेको अन्तरक्रियामा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

Advertisement

अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको थियो ।

Advertisement

परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले भने, “हामीले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएका छौँ । नेपालको अर्थतन्त्रको कुशल विज्ञका रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसक्नुभएका डा खतिवडाको अनुभवले पनि नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसङ्घले लिएको छ ।”

अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियत दिनुपर्ने तथा अमेरिकी लगानी भित्र्याएर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको अध्यक्ष मोरको भनाइ छ ।

परिसङ्घले राष्ट्रिय औद्योगिकीकरणको विस्तारको लागि ‘नेपालमा उत्पादन गरौँ (विल्ड इन नेपाल)’ अभियानलाई अघि बढाएको जानकारी गराउँदै यसबाट लगानी वातावरणको सन्देश दिएर स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने पनि अध्यक्ष मोरले बताए ।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोसाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने र अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्र्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए ।

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिलेदेखि प्रयास गर्नुपर्नेमा ध्यान पु¥याउन आग्रह गरे ।

कार्यक्रममा परिसङ्घका उपाध्यक्षहरु सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिको माध्यमबाट द्विपक्षीय व्यापार विस्तारमा राजदूत खतिवडाको सक्रियता रहने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top