×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एडीबीको टोलीद्वारा मेलम्ची अनुगमन : पानी पथान्तरण गर्ने तयारी

१३ पुष २०७७

काठमाडौँ : मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूको अनुगमन गराएको हो । अनुगमनको सुझावअनुसार पानी पथान्तरणको काम अघि बढाइने भएको छ ।

एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर एक हप्तासम्म अनुगमन गराएको थियो । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “अनुगमनपछि प्रतिवेदन दिनेछन् । सोही प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न सक्ने वा नसक्ने हेरेर हामी अघि बढ्छौँ, पानी पथान्तरणको तयारीमा छौँ । ” उहाँका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

Advertisement
Advertisement

पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गर्ने तयारी भएको छ तर एडीबीको अध्ययनको पूर्ण प्रतिवेदन पुस महिनाभित्र आउने मेलम्ची आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रिेतेशकुमार खत्री भन्नुहुन्छ, “एडीबीले गरेको अनुगमनको प्रारम्भिक प्रतिवेदन आएको छ । त्यसमा त्यस्तो सिरियस छैन तर पूर्ण प्रतिवेदन आउँदै छ । ” उहाँले अहिले सुधारका काम भइरहेको र जनवरीको पहिलो साता पूर्ण प्रतिवेदन आएपछि अघि बढ्ने जनाउनुभयो ।

गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ ।

आयोजनाले अहिले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारमध्ये सिन्धु र अम्बाथानको गेट जडान भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरीजलको गेट पानी पथान्तरण गर्दैगर्दा जडान गर्न सकिनेछ ।

सुरुङ फिनसिङको काम सकिएको छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ । हेडवक्र्स सम्पन्न गर्ने सम्झौता २०७७ माघसम्म छ । काम भइरहेकाले सम्झौता अवधिमै सकिने सम्भावना रहेको समितिले जनाएको छ ।

Advertisement

दोस्रो चरणको आयोजना अघि बढाइँदै
दोस्रो चरणको परियोजनाको प्रस्ताव र डिजाइन तयार भएको छ । यस वर्ष डिजाइनको स्टिमेट फाइनल गरी खरिद कार्य गर्ने योजना समितिको रहेको छ । सडक निर्माणका लागि छ करोड ५० लाख रुपियाँ मुआब्जा वितरण भइसकेको छ । छुटेको मुआब्जा पनि वितरणकै क्रममा छ ।, याे समाचार गाेरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top