रोनाल्डोले जिते ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड

१२ पुस ७७, सोमबार

१३ पुस, एजेन्सी ।

इटालियन क्लब युभेन्टस्का पोेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् ।

अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै रोनाल्डोले यो अवार्ड जितेका हुन् । यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

Advertisement

दुवर्ईमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको छ । आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो । ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन् । त्यसलाई नै आधार मान्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

रोनाल्डाले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए । ५ पटकको बालोन डि ओर विजेता रोनाल्डोले इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र इटालीको युभेन्ट्सबाट थुप्रै उपाधि जितेका छन् ।

Advertisement

‘अवार्ड जितेर खुशी लाग्यो ।’ रोनाल्डोले भने, ‘यति धेरै वर्षसम्म यो खेलको शीर्ष हुन सजिलो छैन । म साँच्चिकै गर्व गर्छु, तर टोली, महान प्रशिक्षक र क्लबविना यो सम्भव छैन ।’

यस्तै प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन् । उनले स्पेन, जर्मनी र इंग्ल्यान्डमा आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए । समारोहमा उनी अनुपस्थित रहँदा भिडियो सन्देशबाट यो अवार्ड ग्रहण गरेका थिए ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई वर्ष पुरुष खेलाडी र प्रशिक्षक हान्सी फ्लिकलाई वर्ष प्रशिक्षक घोषणा गरिएको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई क्लब अफ दि सेन्चुरी तथा बायर्न म्युनिखलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको छ । जर्ज मेन्डिसलाई एजेन्ट अफ दि इयर प्रदान गरिएको छ ।

स्पेनका पुर्व कप्तान तथा गोलरक्षक इकर कासियास र जेरार्ड पिकेले प्लेयर करियर अवार्ड जिते ।ग्लोवो सकर अवार्ड २०१० मा स्थापना भएको हो । यो अवार्डले हरेक वर्ष उत्कृष्ट टोली छनोट गर्दै अवार्ड प्रदान गर्ने गर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top