नवनियुक्त खेलकुद मन्त्री दावा तामाङलाई प्रचण्ड–माधव समूहले गर्यो कारवाही

१२ पुस ७७, सोमबार

१३ पुस, नवलपुर ।
प्रचण्ड माधव पक्षको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई कारवाही गरेको जनाएको छ।

जिल्ला अध्यक्षसमेत रहेका झम्क नेपालले आइतवार उनलाई कारवाही गरेको प्रेस वक्तव्यमार्फत जनाएका हुन्। मन्त्री तामाङ नेकपा सिन्धुपाल्चोका जिल्ला सचिवसमेत हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा प्रदेश सभामा पराजित दावालाई मन्त्री बनाएका थिए।

असंवैधानिक कदम स्विकार गरी पार्टी आन्दोलन र जनताप्रति धोका दिएको आरोप जिल्ला कमिटीले लगाएको छ।

Advertisement

असंवैधानिक सरकारको कथित मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ प्रतिगामी कित्तामा पुग्नु भएको छ, अध्यक्ष नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बीचमा रहेको सम्पूर्ण सम्बन्धहरुलाई स्वतभंग गर्नुभएको छ।

सिन्धुपाल्चोकमा प्रचण्ड माधव गुटको बाहुल्यता रहेकोले पूर्वमन्त्री शेरबहादुर तामाङसमेत अन्त्यमा यही गुटमा फर्किएका थिए। मन्त्री तामाङका जुनसुकै कार्यक्रम बहिस्कार गर्नसमेत जिल्ला नेकपाले निर्देश गरेको छ।

Advertisement

प्रेस वक्तव्यमा भनिएको छ, असंवैधानिक सरकारको मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरुमा सहभागी नहुने, तदानुरुपको व्यवहार गर्न मातहतको पार्टी कमिटी, स्थानीय सरकार र आमजनसमुदायहरुमा अनुरोध गर्दछौ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top