×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

बङ्गलादेशबाट रासायनिक मल ल्याउने तयारी अन्तिम चरणमा

१३ पौष, काठमाडौं । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ ।

कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया सुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशमा रहेका नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।

Advertisement
Advertisement

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी सुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रति मेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो अहिले आयात भइरहेको मलको तुलनामा प्रति मेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो ।

’विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै १० करोड नेपाली रुपैयाँ बचत हुन्छ’, उनले भने । युरिया मलको ढुवानी हुनु दुई देशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन ।

नेपाललाई ५० हजार मेट्रिकटन मल चाहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको हो । मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हुँदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा मिश्रले जानकारी दिए ।

सरकारले गएको अप्रिलदेखि बङ्गलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । त्यहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्णरुप लिएको छ ।

सुरुमा पैँचो ल्याउने गरी छलफल भएको थियो । पैँचोको भुक्तानी कसरी गर्ने भन्ने कुरा प्रशासनिक तहमा छलफल हुँदा समस्या आउने देखिएपछि प्रक्रिया नयाँ चरणमा जानुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए ।

बङ्गलादेशले यहाँको उत्पादन पनि उद्योग मन्त्रालयअन्तर्गतको बङ्गलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशन (बीसीआईसी) मार्फत किन्ने गर्छ । ’नेपालले पनि उही ठाउँबाट लिनुपर्ने अवस्था छ, त्यसरी लिँदा उही मल कसरी पैँचो दिने भन्ने प्रक्रियामा झन्झटिलो देखिएपछि त्यो मल बराबरको सामान दिनुभन्दा त्यही बराबरको पैसा दिँदा राम्रो हुने सुझाव छलफलमा आयो’, राजदूत डा मिश्रले थपे, त्यहीअनुसार फेरि अर्को चरणमा छलफल अघि बढ्दा मल ढुवानी केही ढिला हुन गएको हो ।’ सबैभन्दा राम्रो कुरा भुक्तानी उपयुक्त हुने बङ्गलादेश सरकारको सुझाव आएपछि अर्कौ चरणको प्रक्रिया थाल्नुपरेको थियो ।

पहिले सापटी दिने कुरा हुँदा ठिकै थियो । किन्नका लागि फेरि मन्त्रिपरिषद्को अर्को निर्णय हुनुपर्ने हुँदा ढिलाइ भएको हो । प्रतितपत्र खोलेर सरकारले ल्याउन सक्ने भन्ने कुरा भएपछि त्यही किसिमले गएको कात्तिक २४ गते मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई मल ल्याउन स्वीकृति दिने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार अहिले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहितको टोली बङ्गलादेश आएर यहाँको बीसीआईसीका अहिलेका कार्यवाहक अध्यक्ष मोहम्मद एमिन उल अहसन नेतृत्वको टोलीसँग यही डिसेम्बर १७ (पुस २० गते) सरकारबीच (जीटूजी) मार्फत मल ल्याउने गरी सम्झौता भएको थियो ।

सम्झौता हुँदा बङ्गलादेशका उद्योग सचिव के आजाम र बङ्गलादेशमा रहेका नेपाली राजदूत डा मिश्रको उपस्थिति रहेको थियो । सहमति गएको बुधबारको मन्त्रिपरिषद्ले समेत अनुमोदन गरिसकेको छ ।

छलफल चल्दै गर्दा जुन १ लगत्तै सरकारले मल ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको थियो । दूतावासले आवश्यक व्यवस्थापकीय, समन्वय र कागजपत्र आदानप्रदान गर्ने काम गरेको थियो ।

यहाँ मल उत्पादन गर्ने कम्पनी कर्णफूली फर्टिलाइजर कम्पनी (काफ्को) रहेको छ । यो बङ्गलादेशको सरकारको ४४ र जापानको १० प्रतिशतलगायत विभिन्न देशको शेयर रहेको कम्पनी अर्धसरकारी हो । यसले विश्वकै उच्च गुणस्तरको मल उत्पादन गर्दै आएको छ ।

जेन्ट्रेडसँग ढुवानी सम्झौता

नेपालले संयुक्त अरब इमिरेट (यूएई) को जेन्ट्रेडसँग ढुवानीको सम्झौता गरिसकेको छ । त्यसले प्रति मेट्रिक टन ८२ डलरमा ढुवानी गर्ने सहमति गरेको छ ।

यसले भैरहवा, वीरगञ्ज, विराटनगरलगायत क्षेत्रमा ढुवानी गर्नेगरी सहमति गरेको उहाँ बताउनुहुन्छ । ’एउटै माध्यममा ढुवानी गर भनेको छैन, विभिन्न माध्यमको प्रयोग गर्न छुट छ’, उहाँले भन्नुभयो, ’कर्णफूलीबाट ठूलो जहाजमा लैजान्छ, त्यसपछि सानो जहाजमा नुवापारामा पुर्याउँछ, अनि रेलमार्फत भारतबाट वीरगञ्ज र विराटनगरमा पुर्याउँछ, भैरहवाका लागि सुनौलीसम्म रेल र त्यसपछि ट्रकमा लैजाने गरी सबै ढुवानीमाध्यम खुला गरिएको छ ।’

सहजरुपमा ढुवानी होस् भन्ने उद्देश्यले सबै सम्झौता हुँदा ठेकेदारलाई सहभागी गराइएकाले ढुवानीमा समस्या नहुने उनले विश्वास व्यक्त गरे । पहिलो पटक जहाजमा मल राखेको दुई महिनाभित्रमा ढुवानी गरिसक्नुपर्नेछ ।

Advertisement
Advertisement

एलसी (लेट अफ क्रेडिट) खोलेको १० दिनभित्र ढुवानी सुरु गर्नुपर्ने हुन्छ । सामानका रुपमा बैंकले पैसा पठाउने प्रक्रिया एलसी हो । नेपाल सरकारले आइतबार एलसीका लागि प्रक्रिया सुरु गरेकाले यही हप्तामा एलसी खुल्ने उनले बताए । त्यसपछि ढुवानी सुरु हुनेछ । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top