NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

बङ्गलादेशबाट रासायनिक मल ल्याउने तयारी अन्तिम चरणमा

सोमवार पुस १३ , २०७७
Reading Time: 1 min read
A A
वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल, भोलिबाट किसानलाई वितरण गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पौष, काठमाडौं । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ ।

कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया सुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशमा रहेका नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी सुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रति मेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो अहिले आयात भइरहेको मलको तुलनामा प्रति मेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो ।

LS Auto

’विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै १० करोड नेपाली रुपैयाँ बचत हुन्छ’, उनले भने । युरिया मलको ढुवानी हुनु दुई देशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन ।

नेपाललाई ५० हजार मेट्रिकटन मल चाहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको हो । मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हुँदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा मिश्रले जानकारी दिए ।

सरकारले गएको अप्रिलदेखि बङ्गलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । त्यहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्णरुप लिएको छ ।

सुरुमा पैँचो ल्याउने गरी छलफल भएको थियो । पैँचोको भुक्तानी कसरी गर्ने भन्ने कुरा प्रशासनिक तहमा छलफल हुँदा समस्या आउने देखिएपछि प्रक्रिया नयाँ चरणमा जानुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए ।

बङ्गलादेशले यहाँको उत्पादन पनि उद्योग मन्त्रालयअन्तर्गतको बङ्गलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशन (बीसीआईसी) मार्फत किन्ने गर्छ । ’नेपालले पनि उही ठाउँबाट लिनुपर्ने अवस्था छ, त्यसरी लिँदा उही मल कसरी पैँचो दिने भन्ने प्रक्रियामा झन्झटिलो देखिएपछि त्यो मल बराबरको सामान दिनुभन्दा त्यही बराबरको पैसा दिँदा राम्रो हुने सुझाव छलफलमा आयो’, राजदूत डा मिश्रले थपे, त्यहीअनुसार फेरि अर्को चरणमा छलफल अघि बढ्दा मल ढुवानी केही ढिला हुन गएको हो ।’ सबैभन्दा राम्रो कुरा भुक्तानी उपयुक्त हुने बङ्गलादेश सरकारको सुझाव आएपछि अर्कौ चरणको प्रक्रिया थाल्नुपरेको थियो ।

पहिले सापटी दिने कुरा हुँदा ठिकै थियो । किन्नका लागि फेरि मन्त्रिपरिषद्को अर्को निर्णय हुनुपर्ने हुँदा ढिलाइ भएको हो । प्रतितपत्र खोलेर सरकारले ल्याउन सक्ने भन्ने कुरा भएपछि त्यही किसिमले गएको कात्तिक २४ गते मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई मल ल्याउन स्वीकृति दिने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार अहिले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहितको टोली बङ्गलादेश आएर यहाँको बीसीआईसीका अहिलेका कार्यवाहक अध्यक्ष मोहम्मद एमिन उल अहसन नेतृत्वको टोलीसँग यही डिसेम्बर १७ (पुस २० गते) सरकारबीच (जीटूजी) मार्फत मल ल्याउने गरी सम्झौता भएको थियो ।

सम्झौता हुँदा बङ्गलादेशका उद्योग सचिव के आजाम र बङ्गलादेशमा रहेका नेपाली राजदूत डा मिश्रको उपस्थिति रहेको थियो । सहमति गएको बुधबारको मन्त्रिपरिषद्ले समेत अनुमोदन गरिसकेको छ ।

छलफल चल्दै गर्दा जुन १ लगत्तै सरकारले मल ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको थियो । दूतावासले आवश्यक व्यवस्थापकीय, समन्वय र कागजपत्र आदानप्रदान गर्ने काम गरेको थियो ।

यहाँ मल उत्पादन गर्ने कम्पनी कर्णफूली फर्टिलाइजर कम्पनी (काफ्को) रहेको छ । यो बङ्गलादेशको सरकारको ४४ र जापानको १० प्रतिशतलगायत विभिन्न देशको शेयर रहेको कम्पनी अर्धसरकारी हो । यसले विश्वकै उच्च गुणस्तरको मल उत्पादन गर्दै आएको छ ।

जेन्ट्रेडसँग ढुवानी सम्झौता

नेपालले संयुक्त अरब इमिरेट (यूएई) को जेन्ट्रेडसँग ढुवानीको सम्झौता गरिसकेको छ । त्यसले प्रति मेट्रिक टन ८२ डलरमा ढुवानी गर्ने सहमति गरेको छ ।

यसले भैरहवा, वीरगञ्ज, विराटनगरलगायत क्षेत्रमा ढुवानी गर्नेगरी सहमति गरेको उहाँ बताउनुहुन्छ । ’एउटै माध्यममा ढुवानी गर भनेको छैन, विभिन्न माध्यमको प्रयोग गर्न छुट छ’, उहाँले भन्नुभयो, ’कर्णफूलीबाट ठूलो जहाजमा लैजान्छ, त्यसपछि सानो जहाजमा नुवापारामा पुर्याउँछ, अनि रेलमार्फत भारतबाट वीरगञ्ज र विराटनगरमा पुर्याउँछ, भैरहवाका लागि सुनौलीसम्म रेल र त्यसपछि ट्रकमा लैजाने गरी सबै ढुवानीमाध्यम खुला गरिएको छ ।’

सहजरुपमा ढुवानी होस् भन्ने उद्देश्यले सबै सम्झौता हुँदा ठेकेदारलाई सहभागी गराइएकाले ढुवानीमा समस्या नहुने उनले विश्वास व्यक्त गरे । पहिलो पटक जहाजमा मल राखेको दुई महिनाभित्रमा ढुवानी गरिसक्नुपर्नेछ ।

एलसी (लेट अफ क्रेडिट) खोलेको १० दिनभित्र ढुवानी सुरु गर्नुपर्ने हुन्छ । सामानका रुपमा बैंकले पैसा पठाउने प्रक्रिया एलसी हो । नेपाल सरकारले आइतबार एलसीका लागि प्रक्रिया सुरु गरेकाले यही हप्तामा एलसी खुल्ने उनले बताए । त्यसपछि ढुवानी सुरु हुनेछ । (रासस)

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.