अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन, न यता न उताः देउवा

१३ पुस ७७, सोमबार

१३ पुस, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् ।

आज भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो विषयमा नबोल्ने चलन पहिलेदेखि नै रहेको बताएका हुन्। अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन। न यता न उता।

Advertisement

अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो, सभापति देउवाले भने, सरकारले बदमासी गर्न सक्ला। संसदले बदमासी गर्न सक्ला। तर, न्यायालयमा हुँदैन।

सर्वोच्चले जस्तोसुकै निर्णय गरे पनि त्यो काँग्रेसले मान्ने उनको भनाई थियो। निर्णय हाम्रो पक्षमा होस् या विपक्षमा हामीले मान्नुपर्छ। एउटाको पक्षमा निर्णय हुन्छ। अदालतको निर्णयलाई हामी मान्छौं। यो गर ऊ गर भनेर हामी प्रेसर दिँदैनौ, देउवाले भने।

Advertisement

संसद विघटन अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै यसमा भने विरोध जारी रहने उनको भनाई थियो। देउवाले थपे, ुहामीले अहिले देखि नै देशभरिमा ओलीको असंवैधानिक कदमको विरोधमा आन्दोलन गरिरहनेछौं। भोलिका लागि तयार रहन निर्देशन दिन्छु। फेरि आन्दोलन गर्नुपर्ने हुनसक्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top